सल्यान । विप्लव समूहले आह्वान गरेको बन्दमा सिललिन्डर बिस्फोट गराएको आरोपमा प्रहरीले जनकल्याण मावि वडागाउँमा ९ कक्षामा पढ्ने १६ वर्षीय पुष्कर सुनारलाई पक्राउ गरेको छ ।

सुनारलाई सोधपुछको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । अनुसनधानको क्रममा घटनामा संलग्न भेटिए कानुन बमोजिम कारबाही हुने उनले बताए ।

घरबाटै पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ । कानून अनुसार १८ वर्ष पूरा नभएकालाई थुनामा राख्न मिल्दैन ।