काठमाडौ । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईई) को परीक्षाफल विहीबार प्रकाशित भएको छ । यस वर्षको एसईई परीक्षमा कुल चार लाख ५९ हजार २७५ जना विद्यार्थी सहभागी भएका थिए ।

नेपाल सरकार राष्ट्रिय परीक्षा वोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म १७ हजार ५८०, जीपीए ३.२ देखि ३.६ सम्म १७ हजार ५८० र ३.२ देखि ३.६ सम्म ल्याइ उतीर्ण हुने ५१ हजार १३७ जना रहेका छन् ।

त्यस्तै जीपीए २.८० देखि ३.३० सम्म ६३ हजार ७४१ , २.४ देखि २.८ ७६ हजार ५६४ र जीपीए २.० देखि २.४ ल्याइ उतीर्ण हुने ९८ हजार २०७ रहेका छन् ।

यसै गरी १.६ देखि २.० सम्म ९५ हजार ३०७, १.२ देखि १.६ सम्म ४३ हजार ८४१ जीपीए ०.८ देखि १.२ सम्म ल्याउने ४ हजार ४१९ रहेका छन् भने ग्रेड काउन्ट नभएका ८ हजार ४६९ रहेका छन् ।
पहिलोपटक संघीय संरचनाअनुसार भएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको थियो ।

एसईईमा कुल दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको थियो । यस पटकको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका थिए ।

त्यस्तै प्रदेश–१ बाट ८३ हजार ८१८, प्रदेश –२ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश–५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका थिए ।

नतिजा हेर्न
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन  www.merostudy.com, ईडीयू सञ्जाल www.see.edusanjal.comमा गएर नतिजा हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी चभकगतिक लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।