काठमाण्डौ । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड काठमाण्डौमा गर्नबाट पछि हटेको पर्यटन बोर्डले जनाएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नेपालमा नहुने बताएका हुन् । उनले भने, ‘यो वर्ष हुदैन, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनस् आयोजनाको सम्भावना रहन्छ ।’

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । यो अवार्ड कार्यक्रमका लागि काठमाण्डौ महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने पनि भनिएको थियो ।

सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो ।