काठमाडौं । परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ ।

२०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ । परीक्षाा भदौ १ गते देखि सुरु हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

हेर्नहोस समय तालिका