मुगु । वडाहरुमा ४५ लाख बराबरको बजेट सिलिङ्गमा सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित जस्तो देखिएको नगरसभा शनिबार बसेको नगर कार्यपालिकाको बैठकमा वडा स्तरका योजनाहरुको कुल ४५ लाखको सेरोफेरोमा योजनाहरु बनाउने सहमति भएपछि नगरसभा हुने सुनिश्चित भएको हो ।

नितिगत रुपमा गत १० गते भित्र स्थानिय सरकारहरुले आफ्नो नीति तथा कार्यक्रम ल्याई सक्नु पर्ने भए पनि यहाँका वडा अध्यक्षहरुले वडामा एककरोड माग गदै बस्ती स्तरबाट आएका योजनाहरुको प्राथमिकता नगरपालिकामा पेश गर्नु पर्नेमा वडा कार्यालयहरुले पेश नगरेपछि नगर प्रमुखको आदेशले २१ गते सारिएको थियो ।

२१ गते नगरसभा हुनु पर्नेमा त्यो बेला पनि वडाबाट योजना पेश नभएपछि उक्त दिन नगर कार्यपालिकाको बैठक बसी वडास्तरमा ४५ लाखको बजेट सिलिङ्ग दिने सहमतिपछि आगामी २८ गते नगर सभा हुने निर्णय भएको नगर प्रमुख हरिजंग शाहीले बताए ।