काठमाडौं । माेहन वैद्य नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । अधिकारीको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा निधन भएको हो ।

नेता अधिकारीको सोमबार अन्त्येष्टि गरिएको छ । पुस २७ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी ल्याइएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात समेत भएको थियो ।

२००८ सालमा गोरखामा जन्मिएका अधिकारीका श्रीमती, दुई छोरा, तीन छोरी छन् । उनको निधनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र विप्लव समूहका नेता कार्यकर्ता समेतले श्रद्धाञ्जली दिएका छन् ।