काठमाडौं । आज विक्रम संवत् २०७६ साल साउन ८ गते वुधबार, ईश्वी संवत २०१९ जुलाइ २४ । नेपाल सम्बत ११३९ दिल्लागा, सप्तमी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको सप्तमी तिथि दिउँसो १ बजेर ५६ मिनेटसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र दिउँसो १२ बजेर ५३ मिनेटसम्म रहनेछ । आज सुकर्म योग र बालव करण रहेको छ ।

चन्द्रमा मीन राशिमा छन् । आज दिउँसो १२ बजेर ५३ मिनेटबाट पञ्चक सकिनेछ । आज वुधबार विष्णु भगवानको उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी, सूर्योदय ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ५७ मिनेटमा हुनेछ ।