काठमाडौँ । स्कुल विभागको जिम्मेवारी बाँडफाँट थाँती राखेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड विदेश भ्रमणमा निस्किएका छन् । प्रचण्ड मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका हुन् ।

पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगासहित प्रचण्ड युएई हिँडे । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । पाँच दिने युएई भ्रमणका क्रममा अध्यक्ष प्रचण्डको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी दिएका थिए । यस्तै, प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्ता पछि धकेलिएको छ ।