एजेन्सी । टेक्ससमा गोली चलेको २४ घण्टा वित्न नपाउँदै अमेरिकाको ओहायो राज्यस्थित डेटनमा बिहानपख भएको फेरि गोलीबारी भएको छ । यो गोलीबारीमा कम्तिमा नौ जनाको मृत्यु भएको र १६ जना घाइते भएको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

त्यहाँको प्रहरीले गोली चलाउने व्यक्तिको समेत मृत्यु भएको बताएको छ । गोलीबारीमा घाइते भएकाहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

शनिबार मात्रै टेक्ससमा भएको गोलीबारीमा कम्तीमा २० जनाको मृत्यु भयो भने, २६ बढी घाइते भए । टेक्ससको गोलीबारीमा संलग्न भन्दै त्यहाँको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।