काठमाडौं । भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपा नेता सुष्मा स्वराजको निधन भएको छ । उनको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । स्वराजलाई मुटुसम्बन्धी स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि अपरान्ह राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली दिएका छन् ।