काठमाडौं । घरेलु मैदानमा हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलमा नेपालको पहिलो भेट पाकिस्तानसँग हुने भएको छ । बंगलादेशको ढाकामा साफले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी पाकिस्तान पाएको हो । समूह ‘क’ मा रहेको नेपाल पाकिस्तानबीचको खेल असोज ३ गते हुनेछ ।

साविक विजेता रहेको नेपालको समूहमा भुटान, माल्दिभ्स र पाकिस्तान छन् । यस्तै, नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग असोज ५ गते खेल्ने तालिका छ । यस्तै, अन्तिम खेल भुटानसँग असोज ७ गते खेल्नेछ ।

समूह ‘ख’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । दुई समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । निर्णाय तथा उपाधि भिडन्त असोज १२ गते हुनेछ ।

पाकिस्तान र श्रीलङ्काले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाउँदै छन् । सशस्त्र प्रहरीको मैदान हल्चोकमा खेलाइने प्रतियोगिताको लागि नेपाली टोलीले आईतबारबाट तयारी सुरु गरिसकेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाएका छन् ।


प्रशिक्षणमा रहेकाे प्रारम्भिक नेपाली टोली
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, निशान खड्का, पुजन होना, आकाश रानाभाट, सुर्य अधिकारी

रक्षक : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, युवेश थापा, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन, राजु पण्डित, विशाल राई

मध्यपंक्ति : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, सन्जिब लामा, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा,

अग्रपंक्ति : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस वखरीया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिष डाँगी