काठमाडौं । आज विक्रम संवत् २०७६ साल साउन २४ गते शुक्रबार, ईश्वी संवत २०१९ अगष्ट ९ । नेपाल सम्बत ११३९ गुँलाथ्व, नवमी । अन्तराष्ट्रिय आदिवासी दिवस

अहिले परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको नवमी तिथि दिउँसो १ बजेर ५६ मिनेटसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र राति २ बजेर १५ बजेसम्म रहनेछ । आज ब्रह्म योग र तैतिल करण रहेको छ ।

चन्द्रमा वृश्चिक राशिमा छन् । आज नवमी तिथि शुक्रबार हो । तिथिका हिसाबले आज रिक्ता हो । रिक्ता तिथिमा जुराएर गर्नुपर्ने कार्य निषिद्ध रहन्छन् । शुक्रबार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ । यसैगरी, सूर्योदय ५ बजेर ३१ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर ४६ मिनेटसम्म हुनेछ ।