काठमाडौं । ललितपुर महानगरपालिकाले पनि दुईवटा ब्रुमर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी दुईवटा ब्रुमर सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले महानगरपालिकालाई धूलोरहित बनाउने अभियानअन्तर्गत साउन १० गते खरिद गरिएको दुईवटा ब्रुमर सञ्चालनमा ल्याइएको बताए ।

त्यसै गरी दुईवटा पानी ट्यांकर पनि सञ्चालनमा ल्याइएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको उक्त ब्रुमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा सञ्चालन गरिनेछ । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारे ।

इटालीमा निर्माण गरिएको दुईवटा ब्रुमरको मूल्य चार करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँ छ । जेनटक प्राइभेट लिमिटेडबाट बोलपत्र आह्वान गरी खरिद गरिएको उक्त ब्रुमरको शो–रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गरे ।

महानगरपालिकाले बुु्रमरसँगै सञ्चालनमा ल्याएको दुईवटा पानी ट्यांकर भने सिप्रदी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको हो । ठूला बु्रमर सञ्चालन नहुने स्थानहरूमा साना बु्रमरको प्रयोग गरी सफाइ अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।