काठमाडौं । आज विक्रम संवत् २०७६ साल साउन २८ गते मंगलबार, ईश्वी संवत २०१९ अगष्ट १३ । नेपाल सम्बत ११३९ गुँलाथ्व, त्रयोदशी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको त्रयोदशी तिथि दिउँसो १ बजेर ४३ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र अहोरात्र रहनेछ । आज प्रीति योग र गर करण रहेको छ ।

चन्द्रमा धनु राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी, हनुमानजीको आराधना पनि आज शुभ रहनेछ । यसैगरी, काठमाडौँमा सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४२ मिनेटमा हुने छ ।