काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । मंगलबार बिहान मात्रै नेपालस्थित अमेरिकी दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसले आफू आश्चर्यमा परेको भन्दै सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरे । जसले ठूलै खैलाबैला मच्चियो । यसबारे कयौँ मान्छेहरु ट्वीट, रिट्वीट गरे ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसाको लागि आवेदन दिएका थिए । त्यसमा दूतावासले आनाकानी गरेको हो । अन्ततः उनको भिसा समस्या सुल्झिएको छ ।