काठमाडौं । घरेलु मैदानमा हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छानेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेका ४६ खेलाडीबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेका हुन् । दुई हप्ताको प्रशिक्षणपछि श्रेष्ठले ३० खेलाडी छनोट गरेका हुन् ।

प्रशिक्षणमा आएका ४६ खेलाडी मध्ये १६ खेलाडी दोस्रो चरणको प्रक्षिणमा प्रवेश पाएनन् । बाहिरिने खेलाडी गोलरक्षकतर्फ निशान खड्का र आकाश रानाभाट, रक्षकमा राजु पण्डित, विशाल राई र युवेश थापा छन् ।

यस्तै, मध्यपंक्तिमा आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा र सन्जिब लामा बाहिरिदा अग्रपंक्तितर्फ अभिषेक श्रेष्ठ, सन्जु सेन, कृतिस रत्न छन्जु, र कार्लोस बखरीया बाहिरिएका छन् ।

अब नेपालले ३० खेलाडीबाट अन्तिम चरणमा २३ खेलाडी छनोट गर्नेछ । साफ यू–१८ फुटबल आउने असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ए’मा रहेको छ ।

नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स, भुटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

नेपाली टोली

गोलरक्षक : विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

रक्षक : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन

मध्यपंक्ति : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा

अग्रपंक्ति : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी