काठमाडौं । आज विक्रम संवत् २०७६ साल साउन २९ गते वुधबार, ईश्वी संवत २०१९ अगष्ट १४ । नेपाल सम्बत ११३९ गुँलाथ्व, चतुर्दशी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको चतुर्दशी तिथि दिउँसो २ बजेर ५३ मिनेटसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र बिहान ५ बजेर ५६ मिनेटसम्म रहनेछ । आज आयुष्मान योग र भद्रा करण रहेको छ ।

चन्द्रमा मकर राशिमा छन् । आज श्रावण शुक्ल पक्षको चतुर्दशी तिथिका साथै दिवा २ बजेर ५३ मिनेटबाट भद्रा पनि रहनेछ । रिक्ता तिथिका साथै भद्रा करण पनि परेकाले आज जुराएर गर्नुपर्ने विशेष काम्य कर्म वर्जित रहन्छन् । यसैगरी, काठमाडौँमा सूर्योदय ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर ४१ मिनेटमा हुनेछ ।