काठमाडौं । अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामै आफ्नो जीवन अर्पण गरिन्। उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस)मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो)बाट उनको अभिनय यात्रा सुरु भयो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि निधन भइसकेको छ ।