काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो थाई एयरबाट स्वास्थ्य उपचार (फलोअप) को लागि सिंगापुर लागेका हुन् ।

प्रधानमन्त्री ओलीसंग उनकी श्रीमती राधा शाक्य पनि सिंगापुर प्रस्थान गरेकी छिन् । केही समय अघि उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर गएका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ओली फलो–अपको लागि सिंगापुर गएको बताए । उनले, ‘औषधिको मात्रा मिलाउनुपर्ने भएकाले जानु भएको हो’, भने ।

प्रधानमन्त्रीलाई विदाई गर्नका लागि सरकारका मन्त्रीहरु, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुगेका थिए । साथै नेकपाका अन्य नेता कार्यकर्ताहरुकोको पनि उल्लेख्य उपस्थिति थियो ।

प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।