एजेन्सी। बलिउड गायक मिका सिंहका कारण बलिउड हस्ती सलमानलाई अफ्ठेरो परेको छ । मिका सिंह पाकिस्तानी पूर्व राष्ट्रपति पर्वेज मुशरफ परिवारको विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले उनलाई बलिउड गायनमा बन्देज लगाएको छ ।

सलमान खान अमेरिकाका विभिन्न शहरमा आफ्नो प्रदर्शनी लिएर जाँदैछन। जसमा मिका सिंह पनि सहभागी हुने भनिएको छ । यो कुराको सुइँको पाएपछि संघले यदी यो कुरा साँचो भए सलमान खानलाई पनि बलिउडमा काम गर्न नदिने बताएको छ । मिकाका कारण सलमा यसरी घानमा परेका हुन् ।

आयोजकले आफुहरुले गर्ने कुनै पनि कार्यक्रममा सलमान र मिकाको भेट नहुने जनाएको छ । सलमानकै भाइ सोहेल खानको कम्पनीले अमेरिकामा कार्यक्रम राखेको हो । त्यो कम्पनीले मिकालाई अनुबन्धित नगरेको समेत प्रष्टिकरण दिएको छ । तर उसले अमेरिकास्थित स्थानीय कम्पनीले अनुबन्धित गरेको भए आफुलाई थाहा नभएको पनि जनाएको छ।

चलचित्र मजदुर संघले मिकालाई प्रतिबन्ध लागेको अवस्थामा जसले उनीसँग काम गर्छ उ पनि प्रतिबन्धित हुने भनेको छ । मिकालाई प्रतिबन्ध लागेपछि कुनै पनि कलाकार उनीसँग नजिकिएका छैनन् । मिकाले आफुले गल्ती गरेको स्वीकारेका छन् । तर, पनि उनको प्रतिबन्ध फुकुवा भएको छैन।

सलमान खान सहभागि हुने कार्यक्रममा मिका सिंह सभागि भए सलमानलाई पनि प्रतिबन्ध लाग्ने पक्का छ ।