काठमाडौं । सवारी साधानसँग पैसा (हप्ता) उठाउने दुई प्रहरीविरुद्ध विशेष अदालतले मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले पाँचखाल प्रहरी चौकी काभ्रेका प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध मुद्दा दायर गरेहको हो ।
उनीहरुले मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा चेक गर्ने बहानामा प्रति सवारी साधान २ हजार रकम उठाउने गरेका थिए । मोटर साइकल गस्तीमा हिँड्ने क्रममा उनीहरुले दुई हजार घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा सेवाग्राहीलाई ट्रिपर रोक्न लगाई बालुवाबाट पानी चुहाएकोले पक्राउ गरी कारवाहीका लागि पठाउने भनी पक्राउ नगर्न उनीहरुले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, जरिवाना र कैदको सजायको मागदावीसहित आरोपपत्र दायर गरिएको छ ।