काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डेंगु संक्रमणका कारण ज्वरो बढेपछि ग्राण्डी अस्पताल भर्ना भएका छन् । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको छ ।

मन्त्री खनाललाई बुधबारबाट अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

निदानले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठायो । र, शुक्रराज अस्पताल टेकुले डेंगु संक्रमण पुष्टि गरेको छ । थप उपचारका लागि ग्राण्डी अस्पतालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले रिफर गरेको हो ।

मन्त्री खनाल भदौ ७ गते हेटौंडा पुगेका थिए । उतैबाट उनलाई डेंगु संक्रमण भएको शंका लागेको संयोजक कार्कीले बताए ।