काठमाडौ । नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको राष्ट्रिय जनगरण अभियान गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले यस्तो जानकारी गराएको हो । जागरण अभियान असोज ७ गतेसम्म चल्नेछ ।

बीपी कोइरालाको १०६औं जन्म जयन्तीको दिन पारेर कांग्रेसले अभियानको सुरुवात गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अभियानको उदघाटन वृक्षरोपणबाट गर्ने कार्यक्रम छ ।

कांग्रेसले दोस्रो चरणको अभियानमा पूूर्वघोषणा अनुसार ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गर्ने बताएको छ । जस अन्तर्गत हरेक निर्वाचन क्षेत्रमा एक–एक जना केन्द्रीय प्रतिनिधि खटिने छन् । अभियानको अन्तिम दिन कांग्रेसले जिल्लास्तरीय प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।