काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दुर्इ साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फिर्ता भएका छन् ।

उनी मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौँ ५ गते सिङ्गापुर गएका हुन् । ‘प्लज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका हुन् । विमानस्थलमा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।