काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । उनले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री यीको भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीसँग जोडेर हेरिएको छ ।