काठमाडौं । पाकिस्तानी क्रिकेटर अब्दुल कादिरको निधन भएको छ । उनी स्पीन बलर हुन् । आफ्नो सक्रिय खेल जीवनका बेला लोकप्रिय रहेका कादिरको ६३ वर्षको उमेरमा कार्डिएक अरेस्टका कारण निधन भएको चिकित्सकले बताएका छन् ।

कादिरले पाकिस्तानका लागि ६७ टेस्ट तथा एक सय ४ वटा एक दिवसिय क्रिकेट खेलेका थिए । टेस्टमा उनले २ सय ३६ र एक दिवसियमा एक सय ३२ विकेट लिए ।

सन् १९७७ देखि १९९३ को अन्तरालमा उनलाई विश्वको उत्कृष्ट लेग–स्पीनरका रुपमा लिइन्थ्यो । सन् १९९३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले क्रिकेट कमेन्ट्री गरे ।

यसैगरी पाकिस्तानको राष्ट्रिय टिममा खेलाडी चयन गर्ने समूहमा पनि काम गरे । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले उनको निधनमा दुःख प्रकट गरेको छ ।