एजेन्सी । १९ वर्षीया बियान्का एन्ड्रेस्क्यूले यो वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छन् । अमेरिकाको न्युयोर्कमा आइतबार विहान भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु खेलाडी सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै क्यानाडाकी एन्ड्रेस्क्युले उपाधि जितेकी हुन् ।

३७ वर्षीया सेरेनाविरुद्धको खेल एन्ड्रेस्कयूले ६–२ र ७–५ को सोझो सेटमा जितिन् । जितसँगै एन्ड्रेस्क्यूले टेनिस करियरमा पहिलो ग्रान्ड स्लाम उपाधि हात पारिन् ।

सेरेनाको भने किर्तिमानी २४ पटक ग्रान्ड स्लाम जित्ने सपना फेरी चक्नाचुर भएको छ । युएस ओपन टेनिसको पुरुष एकलतर्फ स्पेनका रफाइल नादाल र रुसका डानिल मेदभेदेव उपाधिका लागि भिड्नेछन् ।