काठमाडौँ । डेंगु संक्रमित नेत्ररोग विशेषज्ञ प्राध्यापक डा. सन्दुक रुइतको उपचार भइरहेको छ । नर्भिक अस्पतालका एक चिकित्सकका अनुसार रुइतलाइ डेंगु भएकाले भर्ना गरेरै राखिएको छ । घरमा उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ ।

यसअघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो ।सरकारको तथ्यांक अनुसार सात हजारलाइ डेंगु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ भने, ३९ सय विरामी छन् ।