काठमाडौं । आज विक्रम संवत् २०७६ साल भदौ २४ गते मंगलबार, ईश्वी संवत २०१९ सेप्टेम्बर १०, नेपाल सम्बत ११३९ यँलाथ्व, द्वादशी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र शुक्लापक्षको द्वादशी तिथि बेलुकी ५ बजेर ८ मिनेटसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र दिवा १ बजेर १८ मिनेटसम्म रहनेछ । आज शोभन योग र बब करण रहेको छ ।

चन्द्रमा मकर राशिमा छन् । आज वामन द्वादशी तिथि हो । आज वामन अवताररूप भगवानको पूजा आराधना शुभ रहनेछ । यसैगरी आज दही दान गर्ने उत्तम दिन पनि हो । यसैगरी, सूर्योदय ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर १३ मिनेटमा हुनेछ ।