काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उदघाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइनको गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उदघाटन गरे ।

उदघाटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्वीट

मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्दछ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको ट्वीट