काठमाडौं । आज विक्रम संवत् २०७६ साल भदौ २५ गते वुधबार, ईश्वी संवत २०१९ सेप्टेम्बर ११ । नेपाल सम्बत ११३९ यँलाथ्व, त्रयोदशी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् ।

वर्षा ऋतुअन्तर्गत भाद्र शुक्लापक्षको त्रयोदशी तिथि राति ४ बजेर ४४ मिनेटसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । श्रवण नक्षत्र दिउँसो ३ बजेर १७ मिनेटसम्म रहनेछ । आज अतिगण्ड योग र कौलव करण रहेको छ ।

चन्द्रमा मकर राशिमा छन् । आज प्रदोषव्रत परेको छ । आज सन्ध्याकालीन समय विशेष दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना मात्र शुभ रहनेछ । यसैगरी, सूर्योदय (काठमाडौंमा) ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर १२ मिनेटमा हुनेछ ।