काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली टोली वुधबार नेपाल आईपुगेको हो ।

प्रतियोगितामा नेपालले मात्र एक जित निकालेको थियो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । समूह ‘बी’मा रहेको नेपालले ३ खेलमा २ अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको थियो । यो समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।