काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको मुख्य चौथो दिन आज । आजैका दिन काठमाडौंमा लाखे नाँच निकालिएको छ । लाखे नाँच काठमाडौंमा निकै प्रचलित छ । करीब दुई सय वर्ष अर्थात् नौ पुस्तादेखिको यो नाँच काठमाडौमा निकै प्रचलित नाँच हो ।

इन्द्रजात्राको लिंग ठड्याएपछि एक हप्तासम्म मनाइने यो जात्रा स्वर्गको राजा इन्द्र पारिजात चोर्न आउँदा समातेर बाँधेर राखेको किम्वंदन्ती छ । सात दिनपछि इन्द्रलाई छाडिएको किम्वंदन्ती छ । काठमाडौंको मरुहिटी टोलमा इन्द्रलाई बाँधेर राखिन्छ ।

काठमाडौँ उपत्यकामा विशेष रुपमा मनाउने ईन्द्रजात्राको मुख्य दिन शुक्रबार कुमारीको विशेष पूजा गरिएको छ । विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा मंगलबारदेखि सुरु भएको थियो ।

यसअघि बसन्तपुरमा बुधबार ५४ जना कुमारीको पूजा गरिएको थियो । शुक्रबार बिहान इन्द्रजात्राको दिन कुमारीको विशेष पूजा गरिएको छ ।