काठमाडौं । आज विक्रम संवत् २०७६ साल भदौ ३१ गते मंगलबार, ईश्वी संवत २०१९ सेप्टेम्बर १७ । नेपाल सम्बत ११३९ ञलागा, तृतिया । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आश्विनकृष्णपक्षको तृतीया तिथि दिउँसो २ बजेर ७ मिनेटसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् ।

सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । अश्विनी नक्षत्र वुधबार विहान ५ बजेर २५ मिनेटसम्म रहनेछ । आज ध्रुव योग र बब करण रहेको छ ।

चन्द्रमा मेष राशिमा छन् । आज मंगलबार गणेशजीको उपासना अत्युत्तम रहनेछ । यसैगरी आज भाद्र मासान्त पनि हो । यस्तै, सूर्योदय (काठमाडौंमा)५ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर ५ मिनेटमा हुनेछ ।