काठमाडौं । साफ च्याम्पियनसिपको १३औं संस्करणको बंगलादेशमा हुने भएको छ । मलेसियाको क्वालालम्पुरमा बसेको साफ बैठकले १३औं साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । १३औं संस्करणको साफ सेप्टेम्बर २०२० मा हुनेछ ।

योसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने भएको छ । सन् २०१८ को १२औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । त्यो संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।