एजेन्सी । अर्जेन्टिनाका फुटबल हस्ती लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

बार्सिलोनाका कप्तान मेस्सीले युभेन्टसका क्रिश्चियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जिते । मेस्सीले २०१८–०१९ को आयमा ५८ खेलबाट ५४ गोल गरे । त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । यता, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितेकी छन् ।