काठमाडौं । जीप दुर्घटना परी दैलेखको डुंगेश्वर गाउँपालिका–२ मा दुई जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट ‘उम’तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत लगिएको र गाडी धनी उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै मेडिकलमा सामान्य उपचारपछि घर फर्किएको बताइएको छ ।

गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।