काठमाडौं । जापान रोजगारीका लागि अनलाईन आवेदन खुलेको छ । रोजगारीकालागि जापान जान ईच्छुक व्यक्तिले अनलाईन मार्फत आवदेन दिन सक्ने छन् । अनलाई आवेदन असोज १६ गतेसम्म दिन पाईनेछ ।

जापान फाउण्डेसनका अनुसार ईच्छुक जो कोहिले आवेदन दिन पाए पनि जापानको रोजगारीका लागि १ हजार जनाले मात्रै भाषा परीक्षामा सहभागिता जनाउन पाउनेछन् । भाषा परीक्षामा उत्तिर्ण भएका मात्रै जापान जान पाउनेछन् ।

जापानले पहिलो चरणमा नर्सिङ (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो । आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्र मार्फत् आवेदक छानिनेछ । भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ ।

लक्की ड्र मार्फत छानिएकाले असोज २४ गते २ हजार ५ सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउनेछन् । युनिभर्सल ल्याङ्वेज एण्ड कम्युटर इन्स्टिच्युटबाट कम्युटरमा आधारित भाषा र सिप परीक्षा सञ्चालन हुनेछ ।

कात्तिक १०, ११ र १२ गते पहिलो चरणको नतिजा सार्वजनिक हुनेछ । त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ गते भाषा तथा सिप परीक्षा हुने बताइएको छ ।