काठमाडौं । कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी रकम चोरी गरेको प्रकरणमा कृषि विकास बैङ्क लहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछिझालाई पक्राउ गरिएको एसएसपी थापाले बताएका छन् । हालसम्म ह्याकिङ प्रकरणमा प्रहरीले झासहित १७ जनालाई पक्राउ गरेको छ ।