काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत चिनियाँ नागरिकलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिए । चीनमा सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।