काठमाडौं । दशको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८०० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलामा ६९ हजार २०० रुपियाँमा कारोबार भयो ।

त्यस्तै, तेजाबी सुन तोलामा ६८ हजार ९०० मा कारोबार भएको समेत महासङ्घले जनाएको छ । अघिल्लो दिन बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७०० रुपियाँमा खरिदबिक्री भयो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपियाँले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला ८२५ मा खरिदबिक्री भएको महासंघले जानकारी दिएको छ । पछिल्लो दुई–तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य एक हप्तादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।