एजेन्सी । युएफा च्याम्पियन्स लिगमा लिभरपुल र चेल्सी विजयी भएका छन् । लिभरपुलले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ४–३ ले हरायो । यही समूहको अर्को खेलमा बेल्जियमको गेन्क र इटालीको नापोलीले गोलरहित बराबरी खेले ।

समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २–१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागलाई २–० ले स्तब्ध बनायो ।

यसैगरी समूह ‘जी’ को खेलमा फ्रान्सको ओलम्पिक लियोंले जर्मनीको आरबी लेप्जिगलाई २–० ले हराउँदा रुसको जेनिथले पोर्चुगलको बेनिफिकालाई ३–१ हराएको छ ।

च्याम्पियन्स लिग समूह ‘एच’ को खेलमा इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्पेनको भ्यालेन्सियामाथि ३–० को जित निकाल्यो ।