रसुवा । पाँच वटै गाउँपालिकामा किसान वन्यजन्तुको हैरानी खेपीरहेका छन् । वन्यजन्तुले खेती नष्ट गर्नाले जमिन बाँझो राख्नेको संख्या बढेको छ ।गोसाईकुण्डको थुमन, ठूलोस्याफ्रु, ब्राबल, आमाछोदिङमो गाउँपालिका मात्र नभई जिल्लका पाँच गाउँपालिका वन्यजन्तुले खेती वाली नष्ट गर्ने गरेका छन् ।

जंगली बाँदरले खेतीमात्र नभई मानिसमाथि पनि संगठित रुपमा घेरा हालेर आक्रमण गर्ने गरेको उत्तरगया गाउँपालिका –४ का ५२ वर्षिय कृष्णप्रसाद आचार्यले बताए । पहिले जंगजमा बाँदरको आहारा प्रसस्त पाईथ्यो अहिले जंगलमा खानेकुरा पाउनै छाड्यो । र, गाउँमा पनि बोट बिरुवा हुर्केर जंगल जस्तै भएकाले बाँदर गाउँमा पसेको उनले बताए ।

आचार्यले भने, ‘बाँदरले घेरा हालेर मार्न खोज्यो म बारीमा घाँस काट्न गएको थिएँ साथमा खुर्पा थियो र आफ्नो ज्यान मुस्लिले बचाए भागें अब एक्लै गाउँमा पनि हिड्न नसक्ने भयो ।’

गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलका ढिण्डुप तामाङ कृषिको राम्रो सम्भावना भए पनि ब्राबलमा खेती लगाउन सकिने अवस्था नभएको बताउँछन् । जंगल नजिकैको बस्ती रहेकाले हरेक दिन कुनै न कुनै जनावर पसेर खेती बाली सखाप पार्ने गर्छन् । यो क्षेत्रमा सबैभन्दा बढी बाँदर, बँदेल, मृगको आतंक छ ।

नौकुण्ड गाउँपालिकाको आरुखर्कमा गएको महिना भालुको आक्रमणमा परेर तीनजना घाइते भए । जंगली जनावर भालु, मृग, घोरल, बाँदरले खेतीबाली नष्ट गर्ने गरेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताए । भालुको आक्रमणबाट ३ जना घाईते उपचाररत छन् ।

गाउँमा विद्युतीय तारबार लगाइएको थियो, उनले भने, ‘यसले पनि खासै काम गरेन ।’ बाँदरले तारबार नाघेर बाली खान्छ । विद्युतीय घेराबारमा विद्युत भोल्टेज नपुग्दा जनावर भित्र पस्न थालेका छन् ।

उनीहरु अहिले बीर अस्पताल उपचाररत छन् । त्यसै गरी आमाछोदिङमो गाउँपालिकामा एक महिला भालुको आक्रमणमा परेर घाईते भइन् । घरभित्र राखिएको अन्नसमेत बाँदरले क्षति गरेपछि कृषक समाधानको खोजीमा छन् । कृषि गर्नुको विकल्प छैन, ‘स्थानीय निमा लामाले भने, ‘कि त बस्ती नै छोडेर विस्थापित हुनुपर्ने अवस्था आयो ।’

सरकारको जग्गा बाँझो राख्न नदिने नीतिलाई बाँदर आतंकका कारण चुनौती थपिएको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै जान थालेपछि समस्या समाधानका लागि संवाद समूह रसुवाले जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ ।

समूहले यसअघि जिल्लाको उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका स्थानीयसँग छलफल गरेको थियो । वन्यजन्तु पीडितसँग गरिएको छलफलबाट आएको सवालमा केन्द्रित रहेर जिल्ला तहमा छलफल गरिएको हो । जिल्लाको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले यसको समाधानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज र गाउँपालिकाबीच समन्वय गरेर स्थायी समाधान खोजिनुपर्ने बताए ।

‘भालुले आक्रमण गरेको भनेर गाउँपालिकामा निवदेन आउने क्रम बढेको छ,’ उनले भने । मानव वन्यजन्तु सहअस्तित्व विषयमा संवाद समूहले गरेको छलफल पछि नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ भने ‘खेत बारी बाँझ रहन थालेकोले चिन्ताको विषय भएको हो । विपल्पको लागि निकुञ्ज र सरकोकारवालाहरूले नीतिगत रुपमै समस्याको हल खोज्नु गर्छ ।’

गोसाइँकुण्ड गाउँपालिका ५ ब्राबलका ढिण्डुप लामाले, भने । गाउँमा दुम्सी, बाँदर, मृग, भालु, बँदेल, जस्ता वन्यजन्तुले बालीनाली खाने, नष्ट पार्ने गरेपछि स्थानीयहरूमा चिन्तामा छन् । वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपनि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको उनले सुनाए । बाँदर, बँदेल तथा मृगका कारण मान्छे भोकै वस्नुपर्ने अवस्था सिर्जना भएको छ । वन्यजन्तु पीडित किसानलाई राहत बितरण पनि गरेको छ । ०७५ मा भालुको आक्रमणबाट एकजनाको मृत्यु परिवारले एक लाख राहत पाएका थिए । निकुञ्जले राहत तथा क्षतिपूर्ति दिने बारे सूचना पाउन थालेपछि विवेदनको ओइरो लागेको छ ।

यो वर्ष दुई सय भन्दा बढि निवेदन दर्ता उत्तरगयामा १३ जना र कालिकामा ७ जनालाई राहत राहत दिएको कालिकास्थान पोष्टका रेन्जर मिलन सापकोटाले बताए । सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, निर्देशिका परिमार्जन गरी मानवीय, पशुधन, घरगोठ, भण्डारण गरेको अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ । वन्यजन्तबाट हुने क्षतिको राहत पाउने कुरा थाहा पाएपछि निवेदन दिनेको सङ्ख्या बढ्दै गएको लाङटाङ राष्ट्रिय निकञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गर्ने काम भइरहेको छ । ‘वन्यजन्तुले क्षति गरेअनुसार क्षतिपूर्ति दिन सकिँदैन,’ प्रमुख रानाले भने । ‘सहयोगस्वरूप राहत दिएका हौ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्य वस्थापन समितिको राहत अक्षयकोषको ब्याजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्दे्शिकामा व्यवस्था छ।

सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेका लागि प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्मको उपचार खर्च दिने व्यवस्था रहेको छ ।