भैरहवा । दशैं मनाउन घर फर्किन लागेका तीन नेपाली भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको प्रहरीले जनाएको छ ।

भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहिबार लुटिर्इन् । हैदराबादबाट रेलमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ रेलमै कसरी निदाईन पत्तो पाइनन्। गोरखपुर आए ओर्लने बेलामा २ लाख भारु रहेको झोला नपाएपछि पछि आफु लुटिएको थाहा पाईन् ।

यस्तै, मंगलबार पनि बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको २ जना नेपाली लुटिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक कमल बेलबासेका अनुसार गोरखपुर देखि सुनौली आउनेक्रममा भारतको कोल्हुईमा नवलपरासी–५, डेढगाँउ बस्ने हरिबहादुर विश्वकर्मा र रिडी गुल्मी बस्ने रोशन पाण्डे लुटिए । दिल्लीबाट रोडवेज बसमा बसेका द्वय विश्वकर्मा र पाण्डे गोरखपुरसम्म सकुशल आएका छन्।

गोरखपुरबाट बस हिडेपछि कोल्हुई नजिकै जंगलमा बस चिया खानको लागि रोकेको बेला २–४ जना यूवा नेपाली मुल कै चढेका थिए। उनीहरुले दिइएको विस्कटु खाएको मात्र दुबैलाई होस छ। तिनीहरुकै अगाडी ति यूवाहरुले उसको पैसा निकालेको पनि थाहा भए पनि अर्ध चेत अवस्थामा बोल्न नसक्ने बनाएकोले पैसा लुटेका हुन उनीहरु पनि नेपाली नै थिए। नेपाली भाषमा कुरा गर्दै पैसा लुटेर ति यूवाहरु निस्केको उनीहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ। सुनौली उत्रने बेलामा भारतीय प्रहरीले दुवै जनालाई अर्ध होस अवस्थामा पाएकोले रिक्सामा राखेर बेलहिया प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीले उनीहरुलाई उद्धार गरी हेल्प डेस्कको सहयोगबाट घर पठाएको छ।

द्वय विश्वकर्मा र पाण्डेको साथबाट क्रमश नगद ३५ हजार र ३० हजार भारु लुटिएको प्रहरी निरिक्षक बेलबासेले जानकारी दिए। उनीहरुले अरु रकम दिल्लीबाट नै रेमिटयान्स गरेकोले ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जानकारी दिएको छ । -तस्वीर वेब