विराटनगर । सरकारले प्रतिबन्ध लगाएको भनिएको नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

मोरङ प्रहरीले चलाएको खोजी अभियानका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो । मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुका अनुसार विष्फोटक पदार्थसहित समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ गरिएको छ ।

त्यो समूहले तयार पारेको सहयोग रसिद र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद गरेको प्रहरीले जनाएको छ । यसअघि १२ साउनमा झापाको इलाका प्रहरी कार्यालय, विर्तामोडले झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो । त्यो बेला २ सय ५ लोला विष्फोटक पदार्थ बरामद भएको थियो । दुवै अपरेशनमा १ नम्बर प्रदेश प्रहरी कार्यालयले सहयोग गरेको छ ।