काठमाडौं । पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण निधन भएको छ । उनको ६१ वर्षको उमेरमा आइतबार निधन भएको हो । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी पछिल्लो समय न्यूज–२४ को समाचार प्रमुख थिए ।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । आचार्यकी श्रीमती र छोरी शोकमा छन् ।