दक्षिण भारत । भारतको तमिलनाडुमा सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको मित्यु भएको छ ।

६ जनाको समूहले एक आपसमा हात समातेर कम्मरसम्म पानी भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेपछी सँगै उनलाई समातेका अरु ५ जनाबको पनि तालमा डुबेर मित्यु भएको हो ।

सेल्फीले सन् २०१७ मा विश्वभर २ सय ५९ जनाको मित्यु गएकोमा भारतमा मात्रै १ सय ५० भन्दा धेरैको मित्यु भएको तथ्यांक छ । सेल्फी लिने क्रममा सन् २०१७ मा चार विद्यार्थीको मित्यु गएपछि कर्नाटक राज्य सरकारले भने सेल्फी विरुद्ध सचेतना अभियान नै चलाएको छ ।