काठमाडौं । आज विक्रम संवत् २०७६ साल असोज २० गते सोमबार, ईश्वी संवत २०१९ अक्टुबर ११ । नेपाल सम्बत ११३९ कौलाथ्वः त्रयोदशी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् ।

शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको त्रयोदशी तिथि राति ९ बजेर ५९ मिनेटसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र ५ बजेर ५८ मिनेटसम्म रहनेछ । वृद्धि योग र कौलव करण रहेको छ ।

चन्द्रमा कुम्भ राशिमा छन् । आज प्रदोषव्रत रहेको छ । आज साँझको समय विशेष दोषयुक्त रहने भएकाले शिवजीको उपासना शुभ रहने देखिन्छ । यसैगरी, आज काठमाडौँमा सूर्योदय ६ बजेर २ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ५ बजेर ३८ मिनेटमा हुनेछ ।