काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सामूहिक भेट गरेका छन् । नेकपा सचिवालय सदस्यले विहान साढे १० बजेतिर नेपालको राजकीय भ्रमणमा रहेका राष्ट्रपति सीसँग सामूहिक भेट गरेका हुन् ।

भेटमा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

राष्ट्रपति सीले शनिबार राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए ।