रौतहट । बम काण्ड गराएको आरोप लागेका (फरार) कांग्रेस सांसद मोहम्मद अफताव आलम पक्राऊ परेका छन्। पक्राऊ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ। आलम रौतहट २ बाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा बम बनाउँदै गर्दा पड्किएर झण्डै दुई दर्जन व्यक्ति घाइते भए भने २१ जनाको मृत्यु भएको थियो । यो घटनामा घाइते भएकालाई आलमको निर्देशनमा इँट्टा पोल्ने भट्टीमा हालेर मारिएको आरोप समेत छ।

यो घटनाको बारेमा मानव अधिकार आयोग, इन्सेकलगायतले अनुसन्धानसमेत गरे । बम बनाएको घरसमेत विष्फोटबाट क्षतिग्रस्त भएको थियो। मृत्यु भएका भनिएका मध्ये दुई जना नेपाली र बाँकी १९ जना भारतीय नागरिक थिए।